राजनीति


सरकार गिराउने गम्भीर षड्यन्त्र हुँदै छ : प्रधानमन्त्री ओली

सरकार गिराउने गम्भीर षड्यन्त्र हुँदै छ : प्रधानमन्त्री ओली

नेपालखबर
फागुन २१, २०७७ शुक्रबार १०:४२,

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तनको गम्भीर षडयन्त्र भएको बताएका छन्।

सरकार र नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाबीच राष्ट्रिय सभागृहमा आयोजित हस्ताक्षर समारोहमा प्रधानमन्त्री ओलीले प्रचण्ड–नेपाल समूहप्रति लक्षित गर्दै सरकार ढाल्ने षडयन्त्रमा लागेको बताएका हुन्।

‘उता (प्रचण्ड–नेपाल) संसदीय दलको बैठक बसेको भन्ने सुनेको छु। खोई, कुन पार्टीको हो? म संसदीय दलको नेता यहाँ छु’ ओलीले भने, ‘तमासा देखाएका छन्। आफ्नो दुई तिहाईको सरकार ढालेर अरुलाई लौ प्रधानमन्त्री बनिदिनुपर्यो भन्दै किस्तीमा प्रधानमन्त्री पद राखेर बाँड्दै हिँडेका छन्।’

ओलीले सरकार गिराउने षडयन्त्र भएको बताइरहँदा नेकपा प्रचण्ड–नेपाल समूहको संसदीय दलको बैठक बसेर ओलीलाई संसदीय दलको नेताबाट हटाउनुका साथै पुष्पकमल दाहाल प्रचण्डलाई नेता चयन गरिएको छ। सो समूहमा १११ जना सांसदले हस्ताक्षर गरेका र थप चार जनाले हस्ताक्षर गर्ने प्रतिवद्धता जनाएको बताइएको छ।

प्रधानमन्त्री ओलीले आफ्नो पार्टीले अरुलाई प्रधानमन्त्री दिन खोजेको भनेर भ्रम छर्न खोजिएको र त्यो सत्य नभएको बताए।

‘हाम्रो पार्टी कसैलाई प्रधानमन्त्री बनिदेउ भन्दै हिँड्दैन’ ओलीले भने।

उनले सरकार ढालेपनि आफू फेरि निर्वाचनका माध्यमबाट सिंहदरबार छिर्ने बताए।

‘सरकार त २०७३ मा पनि ढालिएको थियो। मैले भनेको थिएँ, हामी जस्केलाबाट होइन, झ्यालबाट होइन, ढोकाबाट छिर्छौैं भनेको थिएँ। निर्वाचनको माध्यमबाट सिंहदरबारको ढोकाबाट हामी सरकारमा आएका हौँ’ उनले भने, ‘फेरि पनि निर्वाचनकै माध्यमबाट आउँछौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad