प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव नेकपासँग भएको तीन बुँदै सहमतिमा कुनै समस्या आए वार्ता र छलफलका माध्यमबाटै टुंग्याउने बताएका छन्।
शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित सरकार र नेकपाबीच भएको तीन बुँदे सहमतिमा हस्ताक्षर समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले समस्याको समधान वार्ताबाटै गर्ने भन्दै कुस्ती नखेल्ने बताए।
कुनै समस्या आइपरे हामी छलफल र वार्ताबाटै टुंग्याउछौँ, कुस्ती खेल्दैनौँ’, प्रधानमन्त्री ओलीले भने।
उनले विप्लव नेकपाले शान्तिपूर्ण बाटोबाट आफ्ना विचार कार्यान्यन गर्ने विश्वाससमेत व्यक्त गरे।
उनले शान्तिपूर्ण बाटोमा आइसकेका कारण विप्लव नेकपाका पक्राउ परेका नेता कार्यकर्तालाई प्रक्रिया पूरा गरेर छाड्ने बताए।

प्रतिक्रिया