सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीच भएको सहमति सार्वजनिक गर्ने कार्यक्रमका लागि राष्ट्रिय सभामा मञ्च तयार पारिएको छ।
विगत तीन वर्षदेखि भूमिगत रहेका विप्लव सोहि मञ्चबाट आजै अपरान्ह सार्वजनिक हुँदैछन्।
उनी आजै केहिबेरअघि काठमाडाैं प्रवेश गरेका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले दुई पक्षबीच भएकाे सहमतिमा हस्ताक्षर गरी सोहि मञ्चबाट सार्वजनिक गर्नेछन्।
‘नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच सम्पन्न सहमतिमा हस्ताक्षर समारोह’ लिखित ब्यानर सो मञ्चमा राखिसकिएको छ भने बीचमा एक कुर्सी र दुई तर्फ चार–चार कुर्सी राखेर काठमाडौंको राष्ट्रिय सभागृहमा मञ्च तयार पारिएको छ।
सरकारी वार्ता टोली र विप्लव नेतृत्वको नेकपाको वार्ता टोलीबीच बिहीबार तीन–बुँदे सहमति भएको थियो।
सोहि सहमतिमा प्रधानमन्त्री ओली र विप्लवले हस्ताक्षर गरी औपचारिकरुपमा सार्वजनिक गर्न सो राष्ट्रिय सभाको सो कार्यक्रम तय गरिएको हो।
Shares

प्रतिक्रिया