सरकार र विप्लव समूहबीच तीन बुँदे सहमति भएको छ।
सरकार र विप्लव नेतृत्वको नेकपाले गठन गरेका वार्ता टोलीबीच बिहीबार सो सहमति भएको हो।
दुई पक्षबीच भएको सहमतिअनुसार विप्लव पक्षले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरुको समाधान सम्वादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने र सरकारका तर्फबाट लगाइएको विप्लव नेतृत्वको नेकपामाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी लगायत विषयहरु रहेका छन्।
यो पनि : सरकार–विप्लव सहमतिनजिकै, संयुक्त पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी
सहमतिको विस्तृत विवरण भोलि शुक्रबार दिनको २ बजे विशेष समारोहबीच सार्वजनिक गरिने वार्ता टोलीले जनाएको छ।
सो समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओली र भूमिगत नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले सम्बोधन गर्ने समेत वार्ता टोलीले जनाएको छ।
यस्तो छ सहमतिः

Shares

प्रतिक्रिया