राजनीति


फेरि आक्रमण गर्ने चेतावनी आएपछि अमेरिकी संसद् बैठक स्थगन

फेरि आक्रमण गर्ने चेतावनी आएपछि अमेरिकी संसद् बैठक स्थगन

नेपालखबर
फागुन २०, २०७७ बिहिबार ४:४७,

संसद् भवनमा एक समूहले फेरि आक्रमण गर्न सक्ने सम्भावना रहेको भन्ने सूचना पाएपछि अमेरिकाको तल्लो सदन अर्थात् हाउस अफ रिप्रेजेन्टेटिभ्सको आज (बिहीबार) बस्ने बैठक स्थगन गरिएको छ।

वासिङ्टन पोस्टका अनुसार एक आक्रामक समूहले बिहीबार अमेरिकाको संसद् भवन क्यापिटल बिल्डिङमा आक्रमण गर्ने चेतावनी त्यहाँको प्रहरीलाई दिएको हो।

यो चेतावनीपछि अमेरिकाको संसद् भवनबाहिर अहिले थप सुरक्षा बल तैनाथ गरिएको छ।

यसअघि गत जनवरीमा पनि अमेरिकी संसद् भवनमा तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले आक्रमण गर्दा ५ जनाको मृत्यु भएको थियो। जो बाइडेनको चुनावी जितलाई प्रमाणीकरण गर्न सांसदबीच छलफल भइरहेका बेला हिंसात्कम हमला गरिएको थियो।

त्यही घटनाका कारण ट्रम्पविरुद्ध महाभियोगसमेत लगाइएको थियो। तर माथिल्लो सदन सिनेटबाट पारित हुन नसक्दा उनी बचे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad