सभामुख अग्निप्रसाद सापकोटाले संसद अधिवेशनका लागि संघीय संसद भवनमा भइरहेको तयारीबारे संसद भवनको अवलोकन गरी जानकारी लिएका छन्।
फागुन २३ गतेबाट सुरु हुन लागेको सातौं अधिबेशनको बैठकका लागि भैरहेको तयारीका सम्बन्धमा मंगलबार स्थलगत अवलोकन गरी उनले सो जानकारी लिएका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटनपछि संघीय संसदको तल्लो सदनको बैठक बस्न सकेको छैन।

तर विघटनविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतले फागुन ११ गते फैसला सुनाएर विघटनलाई बदर गरेको थियो।
सोहि फैसलामै प्रतिनिधि सभाको बैठक १३ दिनभित्र राख्न भनी दिएको आदेशअनुसार सरकारले फागुन २३ गतेका लागि संसद अधिवेशन तोकेको थियो।
अवलोकनपछि सापकोटाले तयारी राम्रोसँग अघि बढेको बताए।
भिडिओ:

प्रतिक्रिया