प्रधानमन्त्री केपी शर्मा ओलीले आफू डेढ वर्ष प्रतिपक्षमा बस्न तयार रहेको बताएका छन्।
सोमबार सोमबार पोखरामा आयोजित गण्डकी प्रदेश स्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले उनले संसदीय दलको नेताबाट आफूलाई विधिवत् रुपमा हटाए प्रतिपक्षमा बस्न तयार भएको बताएका हुन्।
उनले प्रचण्ड–नेपाल समूहले विधिवत रुपमा आए आफू बैठक बोलाउन तयार रहेको समेत बताए।
‘विधि, पद्धति, संसदीय अभ्यास, संविधान, कानुन, नियमावली छ। उहाँहरू (प्रचण्ड–नेपाल) अपराधै गर्न सफल हुनुभयो भने पनि हामी मान्छौं’, ओलीले भने, ‘मानेर केही बिग्रिँदैन, डेढ वर्ष प्रतिपक्षमा बसौंला, डेढ वर्षपछि दुई तिहाइ ल्याएर जान्छौँ।’
उनले यसअघि पनि आफूलाई हटाएको भन्दै आफू बहुमत लिएर पुनः प्रधानमन्त्री बनेको बताए।
3
Shares

प्रतिक्रिया