राजनीति


पोखरामा ओलीले भने : शारीरिक हमलाबाट मेरो ज्यान तलमाथि भयो भने पनि अन्यथा नमान्नुहोला

पोखरामा  ओलीले भने : शारीरिक हमलाबाट मेरो ज्यान तलमाथि भयो भने पनि अन्यथा नमान्नुहोला

नेपालखबर
फागुन १७, २०७७ सोमबार ९:१,

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि शारीरिक हमला हुन सक्ने बताएका छन्।

सोमबार सोमबार पोखरामा आयोजित गण्डकी प्रदेश स्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आफूमाथि शारीरिक आक्रमण हुने

‘सम्पूर्ण रुपले ममाथि प्रहार भएको छ, अत्यन्तै तीव्र रुपमा भएको छ’, प्रधानमन्त्री ओलीले भने, ‘शारीरिक हमला नै भयो र ज्यान तलमाथि भयो भने पनि अनौठो नमान्नुहोला।’

उनले आफू नरहे पनि पार्टी र नेतृत्व रहेका कारण पार्टीको भविष्य अन्धकारमा नजाने बताए।

‘अन्यथा नमान्नुहोला, ममाथि शारीरिक हमला नै भयो, मेरो ज्यान तलमाथि भयो भने पनि अन्यथा नमान्नुहोला । तर त्यस्तो हुँदैन’, प्रधानमन्त्री ओलीले भने, ‘म रहिनँ भने पनि अन्यथा नमान्नुहोला, पार्टी छ, विचार छ। देश बनाउने पार्टीको भविष्य अन्धकारमा लैजान दिनुहुँदैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad