राजनीति


प्रचण्ड–नेपाल पक्षको सचिवालय बैठक सकियो

प्रचण्ड–नेपाल पक्षको सचिवालय बैठक सकियो

नेपालखबर
फागुन १७, २०७७ सोमबार ५:२५,

प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ।

सोमबार बिहान सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठक केहीबेर अघि सकिएको एक नेताले बताए।

बैठकमा सहभागी एक नेताले बैठकमा समसामयिक राजनीतिक विषय र २३ गतेका लागि बोलाइएको संसद् बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल भएको बताए।

प्रतिनिधि सभा पुनर्स्थापनापछि नयाँ सरकार गठनको तयारीमा रहेको प्रचण्ड–नेपाल समूहले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग छलफललाई तीव्रता दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad