पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको न्युरो–इन्डोक्राइनको ट्युमरमा क्यान्सर नभएको पुष्टि भएको छ।
जसपाका केन्द्रीय सदस्य एवं डा. बाबुराम भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेका अनुसार भारतका चिकित्सकले विभिन्न परीक्षण गर्दा ट्युमरमा क्यान्सर नभएको प्रमाणित गरेका हुन्।
तर देखिएको ट्युमरलाई ढिला नगरी दुई/तीन महिनाभित्रै शल्यक्रिया गरी फाल्नुपर्ने चिकित्सकले सुझाव दिएका छन्।
थप जानकारी तल :
— Bishwadeep Pandey (@BishwadeepP) March 1, 2021पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको न्युरो-इन्डोक्राइनको ट्युमरमा क्यान्सर नभएको चिकित्सकको निष्कर्ष, चाँडै शल्यक्रिया गर्न सुझाव pic.twitter.com/pZMHFqCbgH

प्रतिक्रिया