ad ad

राजनीति


युवतीको मृत्युमा आफ्नो नाम जोडिएपछि महाराष्ट्रका वनमन्त्रीले दिए राजीनामा

युवतीको मृत्युमा आफ्नो नाम जोडिएपछि महाराष्ट्रका वनमन्त्रीले दिए राजीनामा

नेपालखबर
फागुन १६, २०७७ आइतबार ११:४७,

भारतको पुणेमा एक युवती मृत्यु घटनामा नाम जोडिएपछि महाराष्ट्र राज्यका वनमन्त्री एवं शिवसेनाका नेता सञ्जय राठौडले आइतबार राजीनामा दिएका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार पुणेकी टिकटक स्टार पूजा चव्हानले आत्महत्या गरेको घटनामा आफूलाई दोष लगाइएपछि मन्त्री राठौडले पदबाट राजीनामा दिएका हुन्।

यही फेब्रुअरी ८ तारिख पुणेको हडपसर इलाकास्थित एक भवनबाट २३ वर्षीया चव्हानले हामफालेर आत्महत्या गरेकी थिइन्। 

केही सामाजिक सञ्जाल र विपक्षी भाजपाले घटना मन्त्री राठौडसँग सम्बन्धित रहेको दाबी गरेका छन्।

भाजपाका नेता चित्रा वाघले आत्महत्या गर्ने दिन मन्त्री राठौडले पूजा चव्हानलाई ४५ पटक फोन गरेको आरोप लगाएका छन्। यो कुरा राठौडले प्रहरीसमक्ष स्वीकार गरेको उनको दाबी छ।

यसैकारण आफूले मुख्यमन्त्री उद्धव ठाकरेलाई राजीनामा पत्र बुझाएको मन्त्री राठौडले बताएका छन्। साथै उनले घटनाको निष्पक्ष अनुसन्धान होस् भन्ने आफ्नो चाहना रहेको पनि बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .