ad ad

राजनीति


दिल्लीको अस्पतालबाट बाबुराम भट्टराईको चेतावनी : फेरि उही कुर्सीको खेल सुरु नहोस् !

दिल्लीको अस्पतालबाट बाबुराम भट्टराईको चेतावनी : फेरि उही कुर्सीको खेल सुरु नहोस् !

नेपालखबर
फागुन १३, २०७७ बिहिबार १:२४,

हाल भारतमा उपचार गराइरहेका पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले संसद् पुनर्स्थापनासँगै फेरि उही कुर्सीको खेल सुरु हुने हो कि भन्ने चिन्ता व्यक्त गरेका छन्।

याे पनि :  डा. भट्टराईको स्वास्थ्य परीक्षण जारी, बायोप्सीको रिपोर्ट आउन ४ दिन लाग्ने

आज (बिहीबार) बिहानै सामाजिक सञ्जालमार्फत उनले सर्वाेच्च अदालतको फैसलापछि (प्रतिनिधि सभा पुनर्स्थापनाको) राजनीति पुनः दल/नेताको हातमा पुगेको उल्लेख गर्दै फेरि सत्ताकै उही पुरानो खेल सुरु हुन सक्ने खतरा औंल्याएका हुन्।

तर देशको आवश्यकता र जनताको चाहना दल/नेताले विगतका गल्तीबाट पाठ सिकेर नयाँ राष्ट्रिय सहमति गरुन् भन्ने रहेको भन्दै डा. भट्टराईलाई सबै दल/नेतालाई यसतर्फ सचेत गराएका हुन्।

‘सुप्रिम कोर्टपछि राजनीति पुनः दल/नेताको कोर्टमा पुगेको छ। घरज्वाइँलाई खानको धन्दा भनेझैं उही पुरानै कुर्सीको खेल सुरु हुने खतरा छ,’ डा. भट्टराईले भनेका छन्, ‘टाउको गन्ती, ज्योतिषको जोखाना, किनबेचको शृंखला चल्न सक्छ। देशको आवश्यकता र जनताको चाहना दल/नेताले पाठ सिकुन्, नयाँ राष्ट्रिय सहमति गरुन् भन्ने छ है ! चेतना भया !’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .