राजनीति


सांसदहरुसँग माधव नेपालको आग्रह : ओलीतर्फबाट धेरै फर्किँदै छन्, मान सम्मानमा कुनै कमी नगर्नू

सांसदहरुसँग माधव नेपालको आग्रह : ओलीतर्फबाट धेरै फर्किँदै छन्, मान सम्मानमा कुनै कमी नगर्नू

नेपालखबर
फागुन १२, २०७७ बुधबार ११:११,

विभाजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल पक्षको संसदीय दलको बैठक सुरु भएको छ।

सिंहदरबारस्थित नेकपाको संसदीय दलको कार्यालयमा बुधबार अपरान्ह बसेको सो बैठकमा सुरुमै सो पक्षका अध्यक्ष माधवकुमार नेपालले सांसदहरुबीच धारणा राखेका थिए।

उनले पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि पार्टी विभाजित हुँदा ओलीतर्फ लागेका सांसदहरुमध्ये ठूलो संख्याका सांसदहरु आफूहरुतर्फ आउन चाहेको बताएका थिए।

नेता नेपालले उनीहरुप्रति कुनै पूर्वाग्रह नराख्न त्यहाँ उपस्थित सांसदहरुसँग आग्रह गरेका थिए।

‘ओलीतिर लागेका धेरैजना सांसदहरु आउनेछन्, उहाँहरुलाई गर्ने मान सम्मानमा कुनै कमी नगर्नुहोस्, उहाँहरुको शरीर उता भए पनि मन यतै छ,’ नेपालले सो बैठकमा भनेका थिए।

अनौपचारिक बैठक सुरु गरेर नेपालले आफ्ना धारणा राखेका थिए। बैठकमा प्रचण्ड केहि ढिला पुगेका थिए। उनी पुगेपछि बैठक औपचारिकरुपमै सुरु गरिएको थियो।

सांसद दिपकप्रकाश भट्टका अनुसार सो बैठकमा राष्ट्रिय सभाका सांसदहरु पनि उपस्थित छन्।

तर सो पक्षमा रहेका सबै सांसद आइनपुगेको भट्टले बताए।

‘बिभिन्न जिल्लामा पूर्वनिर्धारित् कार्यक्रममा रहेका केही सांसदहरु अझै आइपुग्न सक्नुभएको छैन,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad