राजनीति


प्रधानमन्त्रीले राजीनामा नदिए संसदबाट गलहत्याउँछौँ : पम्फा भुसाल

प्रधानमन्त्रीले राजीनामा नदिए संसदबाट गलहत्याउँछौँ : पम्फा भुसाल

नेपालखबर
फागुन १२, २०७७ बुधबार ११:५,

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका स्थायी कमिटी सदस्य पम्फा भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिए १३ दिन भित्र बस्ने प्रतिनिधि सभाबाट निकाल्ने चेतावनी दिएकी छन्।

नेकपा प्रचण्ड-नेपाल समूहले बुधबार राजधानीमा निकालेको विजय सभालाई सम्बोधन गर्दै नेतृ भुसालले नैतिकता र मानवीय स्वाभिमान छ भने तत्काल राजीनामा दिनुपर्ने बताइन्। सर्वोच्च अदालतले निर्णय गर्ने वित्तिकै राजीनामा आउनुपर्नेमा अहिलेसम्म राजीनामा नआएको भन्दै नैतिकताको आधारमा राजीनामा नदिए १३ दिन भित्र बस्ने प्रतिनिधि सभाबाट गलहत्याएर निकाल्ने चेतावनी दिएकी हुन्।

उनले भनिन्, ‘हारेको प्रतिगामीले उठ्छु भन्ने परिकल्पना गरेको छ भने त्यो दुश्वप्ना हुनेछ। तेह्र दिन भित्र प्रतिनिधि सभाको बैठक बस्ने छ र त्यहाँबाट गलहत्याएर फालिने छ। म अहिले पनि अपील गर्छु यो संविधानको हत्या गर्ने र संविधानको संरक्षण गर्न नसक्नेहरुले छिटो भन्दा छिटो ठाउँ खालि गरिदिएर आफूले गरेको अपराधप्रति पश्चाताप गरेर कतै बसिदिए हुन्छ।’

नेतृ भुसालले राष्ट्रपति विद्यादेवि भण्डारीलाई समेत राजीनामा दिन आग्रह गरेकी छन्।

‘बिहान पशुपतिनाथको जात्रा देखेको थिए मैले। त्यहाँ क्षमा याचना गर्नुभन्दा अब जनताका बीचमा क्षमा याचना गरेर हामीले छोडेम् भनेर फैसला गरे हुन्छ।’

प्रधानमन्त्री ओलीले संविधानको हत्या गर्ने र राष्ट्रपति निकायबाट त्यही रगतको टिका लगाउने काम भएको टिप्पणी समेत नेतृ भुसालले गरिन्। तर सर्वोच्च अदालतले निर्णय गरेपछि राजीनामा आउनुपर्नेमा प्रवक्ता मार्फत राजीनामा नदिने भन्न लगाएको बताइन्। राष्ट्रपतिले संविधानको रक्षा गर्न नसकेको समेत बताइन्।

उनले भनिन्, ‘केपी ओलीले संविधानको हत्या गर्ने, राष्ट्रपति निकायले त्यही रगतको टिका लगाउने। हिजो बेलुका सर्वोच्च अदालतबाट निर्णय आउँदै थियो। मैले सोचेको थिएँ अब तत्कालै राजीनामा देलान् तर एकदुई घण्टापछी उनैका प्रवक्ताद्वारा सुनेँ नदिने रे।’

नेतृ भुसालले जनताको अधिकारलाई सुरक्षा गर्न, संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न सर्वोच्च अदालतले खेलेको भूमिका प्रति प्रशंसा समेत गरिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad