प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पनि बुधबार दिउँसो २ बजे स्थायी समिति बैठक बोलाएको छ।
नेकपाले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो २ बजे स्थायी समिति बैठक बोलाइएको पार्टी कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गर्ने निर्णयलाई मंगलबार सर्वोच्च अदालतले बदर गरेपछि नेकपाको स्थायी समिति बैठक बस्न लागेको हो।
सचिव ढकालले बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने जानकारी दिए।
‘उपत्यकामा उपलब्ध स्थायी समिति सदस्यलाई बोलाइएको छ’, ढकालले नेपालखबरसँग भने, ‘समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ।’ उनले बैठक अनौपचारिक हुने बताए।
यसअघि आजै प्रधानमन्त्री ओली नेतृत्वको नेकपाको स्थायी समिति बैठक पनि प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ।
त्यस्तै प्रचण्ड नेपाल समूहले अपरानह ४ बजे संसदीय दलको बैठक समेत बोलाएको छ।

प्रतिक्रिया