राजनीति


प्रचण्ड–नेपाल खुसी साट्दै, चितवनमा भोलि विजय सभा

प्रचण्ड–नेपाल खुसी साट्दै, चितवनमा भोलि विजय सभा

नेपालखबर
फागुन ११, २०७७ मंगलबार १३:३०,

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले भोलि बुधबार चितवनमा गर्नलागेको सभालाई विजय सभामा परिणत गरिएको छ।

प्रतिनिधि सभा विघटनविरुद्ध भोलि बुधबारका लागि चितवनमा विरोध सभाको कार्यक्रम राखिएको थियो।

उक्त सभामा सम्बोधन गर्न प्रचण्ड र नेपाल मंगलबार साँझ ४ बजे उडानबाट भरतपुर गएका थिए।

madhavprachandakhusi

तर, सर्वाेच्च अदालतले मंगलबार नै प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई बदर गरेपछि प्रचण्ड–नेपालको कार्यक्रम विजयसभामा परिणत गरिएको भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले जानकारी दिइन्।

‘प्रतिनिधि सभा विघटन गर्ने कदम बदर भएसँगै सो सभालाई विजय सभामा परिणत गरेका छौँ’, दाहालले नेपालखबरसँग भनिन्, ‘लाखौं जनसमुदायसामु अध्यक्षद्वयले खुसी साट्नुहुनेछ।’

madhavprachandakghusi

सर्वाेच्चको फैसला आएपछि प्रचण्ड–नेपाल छलफलमा छन्।

‘उहाँहरु अहिले आन्तरिक रुपमा छलफलमा हुनुहुन्छ’, चितवनका नेता गोपाल न्यौपानेले भने।

आफ्नै निर्वाचन क्षेत्र रहेको चितवनबाट प्रतिनिधि सभा विघटन बदर भएको खुसी साट्न पाएकोमा उनी खुसी छन्। विघटन खारेज भएको निर्णयको खुशीयालीमा प्रचण्ड–नेपालले एकापसमा लड्डु बाँडेर खुशीयाली साटासाट गरेका थिए ।

मंगलबार दिउँसो काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रचण्डले प्रतिनिधि सभा पुनर्स्थापना हुने बताएका थिए।

madhavprachandakhusi22

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्न सिफारिस गरेका थिए।

त्यसपछि पुसको ९ गतेदेखि प्रधानमन्त्रीको कदम असंवैधानिक रहेको भन्दै चरणबद्ध आन्दोलनमा रहेका प्रचण्ड–नेपालले अन्ततः चितवनबाटै आन्दोलनलाई विजय सभामा बदलेर सम्बोधन गर्ने भएका छन्।

प्रचण्ड–नेपाल विजय जुलुसमा सहभागी भएर सम्बोधन गर्नेछन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad