नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनको निर्णय बदर गर्ने फैसला गरेकोमा स्वागत गरेको छ।
महामन्त्री मोहनविक्रम सिंहले मंगलबार विज्ञप्ति जारी गरी संसद विघटनविरुद्ध आन्दोलनमा उत्रिएका सबै राजनीतिक दल, संघ, संगठनहरुलाई धन्यवाद दिएका छन्।
महामन्त्री सिंहले भनेका छ्, ‘सर्वोच्च अदालतले संसद विघटनलाई बदर गर्न गरेको फैसलालाई नेकपा (मसाल) ले स्वागत गर्दछ। संसद विघटनका विरूद्ध संघर्षमा उत्रिएका सबै राजनीतिक संगठन, नागरिक समाज, बिभिन्न संघसंस्था तथा सम्पूर्ण जनतालाई हामीले धन्यवाद दिन चाहन्छौँ।’

प्रतिक्रिया