प्रचण्ड–नेपाल नेतृत्वको नकेपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने बताएका छन्।
सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने निर्णय बदर गर्ने निर्णय गरेसँग मंगलबार साँझ प्रतिक्रिया दिँदै प्रवक्ता श्रेष्ठले देश र जनता र संविधानको रक्षा हुनेगरी फैसला आएको बताए।
उनले प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिनुपर्ने बताए।
‘ओलीले तत्काल राजीनामा दिनुपर्छ, त्यसपछि संसदीय प्रक्रिया अगाडि बढ्छ’, प्रवक्ता श्रेष्ठले भने।

प्रतिक्रिया