ad ad

राजनीति


ओलीको स्वेच्छाचारिता अन्त्यका लागि पनि चुनाव आवश्यक : कमल थापा

ओलीको स्वेच्छाचारिता अन्त्यका लागि पनि चुनाव आवश्यक : कमल थापा

नेपालखबर
फागुन ११, २०७७ मंगलबार ८:५१,

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सर्वोच्चको फैसलालाई सबैले मान्नुपर्ने बताएका छन्।

संसद विघटनसम्बन्धी अस्पष्टता हटाउन सर्वोच्चले यसबारे थप व्याख्या दिनुपर्ने भन्दै थापाले राजनीतिक रूपमा शान्ति र स्थिरताको निमित्त चुनाव वेश हुने विचार व्यक्त गरे।

प्रधानमन्त्री केपी ओलीको असफलता र स्वेच्छारिताको अन्त्यको निमित्त पनि चुनाव आवश्यक भएको भन्दै थापाले भने, ‘अपवित्र गठबन्धन बनाएर सरकार बनाउन कंग्रेसलाई जनताको म्याण्डेट थिएन। कांग्रेसले सत्ताको लोभ देखायो भने कंग्रेस पनि जनताको नजरबाट खस्नेछ।’

गृहजिल्ला मकवानपुरमा टोल–टोलमा राप्रपा अभियान संचालन गरिरहेका थापाले आज हेटौंडा–१३ को पदमपोखरीमा आयोजित कार्यक्रममा बोल्दै निषेधको राजनीतिले मुलुकलाई संकटतर्फ लैजाने भएकोले सबै उदार ढंगबाट अघि बढ्नुपर्नेमा जोड दिए।

थापाले विगत १४ वर्षको राजनीतिक रोडम्यापले निकास दिन नसक्ने भएकोले त्रुटिपूर्ण मार्गचित्र सच्याउनु पर्ने बताए। स्वाधिन, सबल र समुन्नत नेपाल निर्माणको सपना पूरा गर्न अब नयाँ ढंगले अघि बढ्नुपर्ने र निषेधको राजनीति परित्याग गर्नुपर्ने बताए। गणतन्त्र, धर्म निरपेक्षता र संघीयता विदेशीको एजेन्डा भएकोले त्यो भारी बिसाउनुपर्ने उनको धारणा थियो।

‘विदेशीको भरिया बन्ने होइन, अब मौलिक किसिमको राज्य व्यवस्था र प्रणाली कायम गरौँ, जुन सहमतिको आधारित होस्’ थापाले भने।

भ्रष्टाचार, बेरोजगारी र धर्मपरिवर्तनले मुलुकलाई थप अधोगतीतर्फ लैजाने भन्दै थापाले यो दुष्चक्रको अन्त्य जरुरी भएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .