ad ad

कारोबार


सीमा तनावका बीच भारतको ठूलो व्यापार साझेदार चीन, त्यसपछि अमेरिका र यूएई

सीमा तनावका बीच भारतको ठूलो व्यापार साझेदार चीन, त्यसपछि अमेरिका र यूएई

नेपालखबर
फागुन ११, २०७७ मंगलबार ८:३५,

चर्किँदो सीमा तनावका बीच पनि भारतको ठूलो व्यापार साझेदार चीन बनेको छ।

गत वर्ष रक्तपातपूर्ण सीमा तनाव र त्यसपछि भारतले २२० चिनियाँ एप्लिकेसनमाथि प्रतिबन्ध लगाए पनि यसले चीन अमेरिकालाई पछि पार्दै सन् २०२० मा भारतको ठूलो व्यापार साझेदार बनेको हो।

दुई देशबीच गत वर्ष ७७ अर्ब ७० करोड अमेरिकी डलरको वस्तु आयातनिर्यात भएको भारतको वाणिज्य मन्त्रालयले जनाएको छ।

यद्यपि अघिल्लो वर्षभन्दा यो कम रकम हो। अघिल्लो वर्ष दुई देशबीच ८५ अर्ब ५० करोड डलरको व्यापार भएको थियो। महामारीका बेला विश्व व्यापार सुस्ताए पनि मेडिकल सामग्री र आपूर्तिको बलियो माग रहेको थियो।

भारतले बेइजिङसँगको व्यापार कम गर्ने र आत्मनिर्भरताको बाटोमा आफूलाई उभ्याउने बताए पनि अहिले पनि हेभी मेसिनरी, दूरसञ्चार सामग्री र होम एप्लायन्सेसजस्ता वस्तुमा चीनसँगको निर्भरता घटाउनसकेको छैन।

भारतले चीनबाट कुल ५८ अर्ब ७० करोड डलरको आयात गरेको थियो। यो परिमाण भनेको अमेरिका र संयुक्त अरब इमिरेट्सको जोड्दा पनि धेरै हो। अमेरिका र यूएई भारतको क्रमशः दोस्रो र तेस्रो ठूलो व्यापार साझेदार हुन्।

यति ठूलो परिमाणको आयातनिर्यात हुने भए पनि दुई देशबीच सीमामा ठूलो विवाद छ। गत जुनमा भएको दुई देशका सैनिकहरुबीचको भीडन्तमा भारतका २० र चीनका चार सैनिक मारिएका थिए।

४५ वर्षपछि सीमा तनावमा सेनाहरुको ज्यान गएको हो। त्यसपछि भारतले टिकटक, विच्याट र अरु २ सयभन्दा बढी चिनियाँ एपहरुमाथि प्रतिबन्ध लगाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .