राजनीति


दुर्घटनामा परेका चार जनालाई प्रदेश प्रमुखले पुर्‍याए अस्पताल

दुर्घटनामा परेका चार जनालाई प्रदेश प्रमुखले पुर्‍याए अस्पताल

नेपालखबर
फागुन ११, २०७७ मंगलबार ६:५६,

प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख डा.राजेश झा अहिराजले सडक दुर्घटनामा परी छट्पटाइरहेका चार जनालाई उद्धार गरी अस्पताल पुर्‍याएका छन्।

प्रदेश प्रमुख झा जनकपुरधामबाट बाराको जितपुर जाने क्रममा निजगढ जंगलमा सडक दुर्घटनामा परी ४ जना छट्पटाइरहेको देखेपछि उनीहरुलाई रौतहटको चन्द्रनिगाहपुरस्थित अस्पतालमा पठाउने व्यवस्था गरेका हुन्।

‘म नेपाली सेनाको कार्यक्रममा सहभागी हुन जाने क्रममा बाटोमा मानिसहरु छटपटाइरहेको र अरु मानिसहरु जम्मा भएको देखेँ र त्यहाँ गएर बुझ्दा अवस्था गम्भीर पाएँ,’ झाले नेपालखबरसँग भने, ‘त्यसपछि मैले आफ्ना एकजना सुरक्षाकर्मीसहित उनीहरुलाई अस्पताल पठाएँ किनभने नागरिकको जीवन रक्षाभन्दा ठूलो कुरा केहि पनि होइन।’

सरकारले गत शुक्रबार प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरी उनको ठाउँमा झालाई नियुक्त गरेको थियो।

यो पनि:
- प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झा नियुक्त

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad