हेटौंँडामा दुई सुमो ठोक्किँदा ११ जना घाइते भएका छन्।
मंगलबार बिहान हेटौँडा उपमहानगरपालिका–२, चौकीटोलमा दुई सुमो एकआपसमा ठक्कर खाँदा ११ जना घाइते भएका हुन्।
हेटौंँडाबाट काठमाडौँतर्फ जाँदै गरेको प्रदेश–३ –०३–००१ ज ००२९ नम्बर र विपरीत दिशाबाट आउँदै गरेको ना १ ज २४६० नम्बरका सुमो एकआपसमा ठोक्किँदा दुबै सुमोमा सवार ११ जना घाइते भएका हुन्।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार घाइते सबैको हाल हेटौंँडा अस्पताल र सञ्चो अस्पतालमा उपचार भइरहेको बताए। उनले घाइतेहरुको अवस्था सामान्य रहेको बताए।
प्रहरीले दुवै सुमोलाई नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया