राजनीति


अस्ट्रेलियाले कानुन संशोधन गर्ने भएपछि समाचारसँग सम्बन्धित फेसबुकको प्रतिबन्ध फुकुवा 

अस्ट्रेलियाले कानुन संशोधन गर्ने भएपछि समाचारसँग सम्बन्धित फेसबुकको प्रतिबन्ध फुकुवा 

नेपालखबर
फागुन ११, २०७७ मंगलबार ६:४९,

फेसबुकले अस्ट्रेलियामा आफ्ना प्रयोगकर्ताले फेरि समाचार सामग्री हेर्न पाउने बताएको हो।

त्यहाँ प्रस्तावित एक कानुनको विरोधमा गत बिहीबारदेखि फेसबुकले आफ्नो मञ्चमा अस्ट्रेलियाबाट समाचार हेर्न नमिल्ने बनाइदिएको थियो।

उक्त कानुनमा गुगल र फेसबुकले अस्ट्रेलियाका समाचार प्रयोग गरेबापत प्रकाशकलाई शुल्क तिर्नुपर्ने प्रावधान राखिएको थियो।

फेसबुक र अस्ट्रेलियाको सरकारबीच भएको सम्झौतापछि फेसबुक समाचारसँग सम्बन्धित प्रतिबन्ध फुकुवा गर्न तयार भएको हो।

बीबीसीका अनुसार अस्ट्रेलियाले भने उक्त कानुन संशोधन गर्नेछ।

ठूला प्रविधि कम्पनी र समाचार उत्पादन गर्ने संस्थाबीच समाचार सामग्रीको मूल्यबारे न्यायोचित संवाद होस् भन्ने आफ्नो कानुनको उद्देश्य भएको अस्ट्रेलिया सरकारले जनाएको छ।

विश्वभरि नै चासोपूर्वक हेरिएको नियमनसम्बन्धी यो विषयलाई फेसबुक र गुगलले विरोध गरेका थिए।

फेसबुकले अस्ट्रेलिया सरकारसँग भएका छलफलहरूबाट आफू ढुक्क भएको जानकारी दिएको छ। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad