समाज


डोटीमा चितुवा आतंक

डोटीमा चितुवा आतंक

नेपालखबर
फागुन ११, २०७७ मंगलबार ६:४०,

जिल्लामा विगत एक हप्तादेखि चितुवाले आतंक मच्चाउन थालेको छ।

जिल्लाको शिखर नगरपालिका–३ आलीअतुरालीको गुबाडी क्षेत्रमा चितुवाले आतंक मच्चाउन थालेपछि स्थानीयवासी चिन्तित भएका छन्।

स्थानीयवासी तेजबहादुर बोगटीका अनुसार चितुवाले एक हप्ताको अवधिमा कम्तीमा पनि आठ चौपाया मारेको छ। सोही वडाका खगेन्द्र बोगटीको गाईको बाच्छो, कलुदेवी बोगटीको गाई, शेरबहादुर बोगटीका चार बाख्रा र करी पार्कीका दुईवटा बाख्रा चितुवा मारेको उनले जानकारी दिए।

‘केही दिनयतादेखि चितुवाले आतंक मच्चाउन थालेको छ, हाम्रै गाउँमा आठ चौपाया मारिसक्यो’, उनले भने।

चितुवाले दिनहुँ गाउँ तथा जंगलमा त्रास उत्पन्न गराउन थालेपछि यहाँका स्थानीयवासी त्रसित बनेका छन्। प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले चितुवाले आतंक मच्चाइरहेको भन्ने खबर पाएपछि सो क्षेत्रमा प्रहरी टोली खटाइएको बताए।

उनले भने, ‘चितुवाले आतंक मच्चाउन थालेको भन्ने खबर आएको छ, क्षतिका बारेमा बुझ्न प्रहरी टोली पठाएका छौँ, चितुवा नियन्त्रणमा लिने प्रयास गर्ने छौँ।’

स्थानीयवासी रामबहादुर बोगटीका अनुसार गाउँ नजिकै पर्ने कुयपानी सामुदायिक वनभित्र पर्ने जंगलमा विगत लामो समयदेखि एउटा चितुवा बस्दै आएको र दिउँसो वनमा डुल्ने राति गाउँभित्रै पसेर गाउँमा आतंक मच्चाइरहेको छ। सम्भावित मानवीय जोखिमलाई मध्यनजर गर्दै उक्त चितुवालाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालयलाई गाउँवासीले आग्रह गरेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad