राजनीति


पूर्वसांसद रानाभाटको निधन

पूर्वसांसद रानाभाटको निधन

नेपालखबर
फागुन १०, २०७७ सोमबार १०:२३,

पूर्वसांसद एकनाथ रानाभाटको निधन भएको छ। चितवन मेडिकल कलेजमा उपचारका क्रममा दिउँसो १ बजेर ५८ मिनेटमा उनको निधन भएको हो।

उच्च रक्तचापका कारण मस्तिष्कघात भई १६ दिनदेखि उनको मेडिकल कलेजमा उपचार भइरहेको थियो। रत्ननगर नगरपालिका-१४ पिठुवा निवासी रानाभाट विसं २०५६ मा चितवन क्षेत्र नं २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए।

कांग्रेस रत्ननगरका सभापति रुपनराज घिमिरेका अनुसार विसं २००९ कात्तिक २८ गते स्याङ्जाको भाटखोलामा उनको जन्म भएको थियो।

रानाभाट नेपाली कांग्रेस चितवनका पूर्वसचिव, सुकुम्बासी समस्या समाधान आयोग रुपन्देहीका पूर्वअध्यक्ष, राष्ट्रिय सहकारी बोर्डका पूर्वउपाध्यक्षलगायत विभिन्न पदमा रही कार्य गरेका थिए। उनका एक श्रीमती, एक छोरा र एक छोरी रहेका छन्। उनको मंगलबार बिहान देवघाटमा अन्त्येष्टि गरिँदैछ।

कांग्रेस चितवनले शोक वक्तव्य जारी गर्दै पार्टीले एक निष्ठावान् नेता गुमाएकामा दुःख प्रकट गरेको छ। जिल्ला सभापति जीतनारायण श्रेष्ठले उनको निधनले सिंगो कांग्रेसलाई अपूरणीय क्षति पुगेको बताए।

उनका अनुसार बिहान ८ः३० बजेदेखि एक घण्टा उनको शव पार्टी कार्यालय नारायणगढमा राखिनेछ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad