ad ad

राजनीति


प्रधानमन्त्री ओलीलाई गगन थापाको चेतावनी : भीडको भ्रम कुनै बेला महाराजलाई पनि थियो !

प्रधानमन्त्री ओलीलाई गगन थापाको चेतावनी : भीडको भ्रम कुनै बेला महाराजलाई पनि थियो !

नेपालखबर
फागुन ९, २०७७ आइतबार १४:१२,

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भीडको भ्रममा नपर्न चेतावनी दिएका छन्।

सत्ता उन्मादमा शक्तिको दुरुपयोग नगर्न प्रधानमन्त्री ओलीलाई सल्लाह दिँदै पूर्वमन्त्रीसमेत रहेका नेता थापाले अदालतले मान्छेको संख्या होइन, संविधानको धारा हेर्ने टिप्पणी गरेका हुन्।

‘न्यायमूर्तिले हेर्ने मान्छेको संख्या होइन, संविधानको धारा हो, अदालतले बिनाभय संविधानसम्मत निर्णय गरोस्,’ थापाले सामाजिक सञ्जालमार्फत चेतावनी दिएका छन्, प्रधानमन्त्री ओलीले सत्ता उन्मादमा शक्तिको दुरुपयोग गरेर देखाएको भीड नाप्ने जिम्मा जनताको हो। स्मरण रहोस्, सत्तामा हुँदा आफूलाई हेर्न आएका भीडको भ्रम कुनै बेला महाराजलाई पनि थियो त !’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .