ad ad

राजनीति


खुमलटारमा दर्ता भएको दाहाल–नेपाल कम्पनीले मुलुकलाई अस्थिरतर्फ धकेल्न खोज्यो : मुख्यमन्त्री राई

खुमलटारमा दर्ता भएको दाहाल–नेपाल कम्पनीले मुलुकलाई अस्थिरतर्फ धकेल्न खोज्यो : मुख्यमन्त्री राई

नेपालखबर
फागुन ८, २०७७ शनिबार ८:४७,

प्रदेश १ का मुख्यमन्त्री एवं नेकपा ओली समूहका नेता शेरधन राईले प्रचण्ड–नेपाल समूहले मुलुकलाई अराजकता र अस्थिरतातर्फ धकेलेको आरोप लगाएका छन्।

शनिबार बिराटनगरमा आयोजित आमसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले मुलुक स्थायित्व, विकास र समृद्धिको नेतृत्व प्रधानमन्त्री ओलीले गरेको र अस्थिरता र अराजकताको नेतृत्व दाहाल, नेपाल र खनालले गरेको बताउँदै कित्ता क्ल्यिर गर्न आग्रह गरे।

‘खमुलटारमा गठन भएको, दर्ता भएको दाहाल–नेपाल–खनाल कम्पनीले यो मुलुकलाई अस्थिरतातर्फ धकेल्न खोज्यो। अराजकता, अस्थिरता सिर्जना गर्ने, जनताको विकासको चाहानामा भाँजो हाल्ने काम ग¥यो’, उनले भने, ‘राष्ट्रपति, प्रधानमन्त्री, अध्यक्ष, मुख्यमन्त्रीलाई अपदस्त गरेर यो मुलुक कब्जा गर्ने एउटा कित्ता तयार भएको छ।’

उनले यो कित्ताले अध्यारो बाटो रोजेको र देशलाई अँध्यारो सुरुङतर्फ लगेको भन्दै यो कित्ता रोज्न नसक्ने बताए। उनले राष्ट्रवादी धारको नेतृत्व प्रधानमन्त्री ओलीले गरेको र विकास, समृद्धि र अग्रगतिको कित्ता भएको बताए।

 उनले आफ्नै पार्टीको सरकार ढालेर देशमा अस्थिरता उत्पन्न गराउन खोजेपछि प्रधानमन्त्री ओलीले ताजा जनादेशमा जाने निर्णय गरेको बताए।

‘विकास र समृद्धिको यात्रामा भाँजो हाल्ने काम भयो, मूलुकलाई अराजकता, अस्थिरतातर्फ धकेल्ने प्रयास भयो, पार्टीको सरकार ढालेर ६, ९, १८ महिनामा सरकार फर्नेे प्रयासको विपक्षमा प्रधानमन्त्रीले ताजा जनादेशमा जाने निर्णय गर्नुभएको छ, यो उपयुक्त निर्णय हो’, उनले भने।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .