ad ad

राजनीति


ओलीले आमजनतामा राष्ट्रियताको जागरण ल्याइदिनु भयो : भगवती चौधरी

ओलीले आमजनतामा राष्ट्रियताको जागरण ल्याइदिनु भयो : भगवती चौधरी

नेपालखबर
फागुन ८, २०७७ शनिबार ८:३९,

प्रधानमन्त्री ओली नेतृत्वको नेकपाकी नेतृ भगवती चौधरीले प्रधानमन्त्री ओलीले आम जनतामा राष्ट्रियताको जागरण ल्याइदिएको बताएकी छन्।

 शनिबार विराटनगरमा आयोजित सभालाई सम्बोधन गर्दै नेतृ चौधरीले नाकाबन्दीविरुद्ध लडेर र नयाँ नक्सा प्रकाशन गरेर ओलीले राष्ट्र र राष्ट्रियतामा जागरण ल्याएको बताइन्।

मन्तव्यको अधिकांश समय प्रधानमन्त्रीको प्रशंसामा खर्चेकी उनले ओलीले नै कसैसामू झुक्नु हुँदैन भन्ने कुरा सिकाएको बताइन्।

‘ओलीले जन–जनमा, बच्चाहरुमा राष्ट्रिताको जागरण लाइदिनु भयो, कसैसामू झुक्नु हुँदैन भनेर सिकाउनु भयो।’

उनले ताजा जनादेशमा जान खुट्टा नकमाउन आग्रह गर्दै भ्रष्टहरुलाई कारबाही गरे आफूहरुसँग चुनावमा जाने एजेन्डा हुने बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .