राजनीति


प्रचण्ड–नेपाल पक्षको आकस्मिक बैठक : केन्द्रीय सदस्यहरु पुगे पेरिसडाँडा

प्रचण्ड–नेपाल पक्षको आकस्मिक बैठक : केन्द्रीय सदस्यहरु पुगे पेरिसडाँडा

नेपालखबर
फागुन ७, २०७७ शुक्रबार ७:४४,

विभाजित नेकपाको प्रचण्ड–नेपाल पक्षको आकस्मिक केन्द्रीय बैठक पेरिसडाँडास्थित पार्टी कार्यालयमा बस्ने तयारी गरिएको छ।

बिहीबार अकस्मात सूचना पठाएर सबै केन्द्रीय सदस्यलाई आज शुक्रबार सक्कली नागरिकतासहित पार्टी कार्यालय आइपुग्न निर्देशन दिइएको थियो।

सोहीअनुसार नेता तथा केन्द्रीय सदस्यहरु नागरिकतासहित केन्द्रीय कार्यालय पुगिसकेका छन्।

पार्टी आधिकारिकता र निर्वाचन चिन्ह सूर्य दाबी गरिरहेको विभाजित नेकपाको प्रचण्ड–नेपाल पक्षले सोहि प्रयोजनका लागि केन्द्रीय सदस्यहरुलाई बोलाएको हुनसक्ने अनुमान गरिएको छ।

तर आजै आयोग जाने नजाने टुंगो भने लागि नसकेको नेताहरुले बताएका छन्।

‘हामी यहाँ भेला भइसकेका छौं, अब केहिबेरमा बैठक बस्छ,’ केन्द्रीय सदस्य निरज आचार्यले नेपालखबरसँग भने, ‘आज आयोग जाने नजानेबारे पनि बैठकबाट जे निर्णय हुन्छ, सोहिअनुसार हुनेछ।’

आयोग जानका लागि आवश्यक तयार भने पार्टीले सुरु गरिसकेको छ।

त्यसका लागि आफूपक्षीय केन्द्रीय सदस्यहरुको नागरिकता र परिचयपत्र लगायतका कागजात संकलन गरी स्क्यान समेत गरिसकिएको छ।

निर्वाचन आयोगमा ती सबै कागजपत्र लिएर जाने तयारी भएको चर्चा भए पनि आयोग आजै जाने तय भइनसकेको केन्द्रीय सदस्य हेमराज भण्डारीले जानकारी दिए।

‘आजै निर्वाचन आयोग जाने कुनै कार्यक्रम तय भइसकेको जानकारी पाएका छैनौं,’ भण्डारीले नेपालखबरसँग भने, ‘आज केन्द्रीय सदस्यहरुको कागजात संकलन गरिएको छ।’

शुक्रबार बिहानदेखि केन्द्रीय कार्यालय पेरिसडाँडामा केन्द्रीय सदस्यहरुको नागरिकता र परिचयपत्र स्क्यान गरिएको एक नेताले बताए।

तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकतापछि गठन भएको नेकपाका केन्द्रीय सदस्यहरुलाई अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको हस्ताक्षर रहेको परिचयपत्र वितरण गरिएको थियो।

‘ओली–प्रचण्डको हस्ताक्षर भएको परिचयपत्र र नागरिकता स्क्यान गरेर राख्ने काम भइरहेको छ,’ ती नेताले नेपालखबरसँग भने।

यो पनि: 
प्रचण्ड–नेपाल पक्षका केन्द्रीय सदस्यलाई आकस्मिक निर्देशन : नागरिकतासहित उपस्थित हुनू

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .