ad ad

राजनीति


पूर्वराजा ज्ञानेन्द्र भन्छन् : प्रजातन्त्र भनेको आवधिक निर्वाचन र दल विशेषका नेताहरुको प्रणाली मात्र होइन

पूर्वराजा ज्ञानेन्द्र भन्छन् : प्रजातन्त्र भनेको आवधिक निर्वाचन र दल विशेषका नेताहरुको प्रणाली मात्र होइन

नेपालखबर
फागुन ६, २०७७ बिहिबार १२:३९,

पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र भनेको आवधिक निर्वाचन र दल विशेषका नेताहरुको शासन प्रणाली मात्र नभएको बताएका छन्।

उनले फागुन ७ मा पर्ने प्रजातन्त्र दिवसको अवसर पारेर एक दिनअघि बिहीबार दिएको सन्देशमा सो धारणा व्यक्त गरेका हुन्।

‘प्रजातन्त्र भनेको आवधिक निर्वाचन र दल विशेषको नेताहरुको शासन प्रणाली मात्र होइन, यो सामाजिक जीवन पद्दति पनि हो र हरेक नागरिकले प्राप्त गर्ने सन्तुलित खुशीमा मात्र प्रजातन्त्रको प्राण अटूट रहन्छ,’ पूर्वराजा ज्ञानेन्द्रले सो सन्देशमा भनेका छन्, ‘यसमा राष्ट्रको प्रतिष्ठा बढाउन हामी कति समर्थ भएका छौं? सबैले मातृभूमिको पवित्र माटो छातीमा राखेर आत्मसमीक्षा गर्नुपर्ने बेला आएको छ।’

पूर्वराजा ज्ञानेन्द्रको शुभकामना सन्देशको पूर्णपाठः

King message 1

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .