जहिले ओली सरकारको आलोचना गरिरहने नेकपा प्रचण्ड–नेपाल पक्षका केन्द्रीय सदस्य विष्णु रिजालले यसपटक प्रशंसा गरेका छन्।
सरकारले भारतबाट २० लाख डोज कोरोना खोप ल्याउने निर्णय गरेपछि नेता रिजालले त्यसको तारिफ गरेका हुन्।
‘बाधा–अड्काउ फुकाएर भए पनि भारतबाट सीधै २० लाख डोज कोभिसिल्ड किन्ने निर्णय गरेर सरकारले नागरिकको स्वास्थ्यप्रति संवेदनशीलता देखाएको छ,’ नेकपा विदेश विभाग उपप्रमुखसमेत रहेका रिजालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अरू फजुल खर्च गर्नुको साटो यस्ता कुरामा तदारुकता देखाउँदा राज्यको अभिभावकत्व बढ्छ। अरू ठाउँबाट पनि खोप ल्याउनमा विलम्ब नहोस्।’

याे पनि : मन्त्रिपरिषद् निर्णय : भारतसँग ४ डलरको दररेटमा २० लाख कोभिड भ्याक्सिन किन्ने

प्रतिक्रिया