राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपतिशम्शेर जबराले एकै सातामा सरकारले दुई–दुई पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेर नागरिकमाथि कष्टमात्र थपेको बताएका छन्।
सरकारले एक सातामै दुई पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेपछि अध्यक्ष जबराले सामाजिक सञ्जालमार्फत आफ्नो असन्तुष्टि पोखेका हुन्। उनले सरकारको यो निर्णय अस्वीकार्य रहेको बताएका छन्।
‘एकै सातामा सरकारले दुई–दुई पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ। कोरोना महामारीले थिल्थिलिएको अर्थतन्त्रबीच सरकारको गैरजिम्मेवार निर्णय अकल्पनीय छ, अस्वीकार्य छ,’ राप्रपा अध्यक्ष राणाले बुधबार भने।
उनले राहतको साटो सरकारले नागरिक जीवनमा कष्टमात्र थपेको आरोप लगाए।
पछिल्लो मूल्यवृद्धिबाट नागरिक जीवन र अर्थतन्त्रमा बहुआयामिक प्रभाव पर्ने, दैनिक जीवन खर्चिलो हुने उनले बताए । ट्वीट गर्दै राणाले भने, ‘पेट्रोलियम पदार्थको मूल्यवृद्धिले दैनिक जीवनमा चौतर्फी असर गर्नेछ।’

प्रतिक्रिया