राजनीति


बागमती प्रदेशका सभामुख ‘बेपत्ता’, उपसभामुखलाई बुझाइयो विरोधपत्र

बागमती प्रदेशका सभामुख ‘बेपत्ता’, उपसभामुखलाई बुझाइयो विरोधपत्र

नेपालखबर
फागुन ५, २०७७ बुधबार ९:१०,

प्रचण्ड–नेपाल पक्षको नेकपाले बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ ‘बेपत्ता’ भएको भन्दै उपसभामुख राधिका तामाङलाई विरोधपत्र बुझाएको छ।

सभामुख श्रेष्ठले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध परेको अविश्वास प्रस्तावमाथि बुधबार छलफल गर्ने कार्यसूचीअनुसार छलफल गर्न बैठक राख्ने भने पनि उनी सम्पर्कविहीन भएपछि उपसभामुखको उपस्थितिमा विरोधपत्र दर्ता गरिएको हो।

अनिश्चितकालका लागि प्रदेश संसद् बैठक स्थगित गरेर सभामुख श्रेष्ठ बेपत्ता भएको प्रदेश सांसद युवराज दुलालले बताए।

प्रचण्ड–नेपाल पक्षको प्रदेश संसदीय दलका नेता अष्टलक्ष्मी शाक्य नेतृत्वको टोलीले हिजो साँझ ८ बजेदेखि १० बजेसम्म सभामुख श्रेष्ठसँग छलफल गरेको थियो। दुलालका अनुसार छलफलका क्रममा सभामुख श्रेष्ठ आज बैठक डाक्न सहमत भएका थिए।

तर सभामुख आफ्नो प्रतिबद्धतामा ६ घण्टा पनि नटिकेको प्रचण्ड–नेपाल पक्षले जनाएको छ।

‘प्रदेश सभा बैठक सुचारु गर्न हिजो फागुन ४ गते अपरान्ह नेकपा प्रदेश संसदीय दलकी नेता अष्टलक्ष्मी शाक्य नेतृत्व टोली र प्रदेश सरकारका प्रतिनिधि, प्रमुख प्रतिपक्ष दलका नेता र अविश्वास प्रस्तावक पक्षको सहमतिमा बैठक कार्यसूचीअनुसार नै सुचारु गर्ने सभामुखले प्रतिबद्धता दिनुभएको थियो’, दुलालले भने, ‘तर भोलिपल्ट (बुधबार) बिहानको सूर्योदय नहुँदै सचिवलाई बैठक अनिश्चित कालसम्म स्थगन गर्न दबाब दिएर सभामुख भाग्नुभयो।’

सरकारको संरक्षणमा अन्य दलबाट सभामुख सम्पर्कविहीन भएको प्रचण्ड–नेपाल पक्षको भनाइ छ।

सभामुखलाई विरोधपत्र बुझाउन नपाएपछि शाक्यको टोलीले उपसभामुखको उपस्थितिमा सचिवकहाँ दर्ता गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad