राजनीति


भागरथीका हत्यारालाई कारबाहीको माग गर्दै महिला कानून व्यवसायीद्वारा गृहमन्त्रीलाई ज्ञापन पत्र

भागरथीका हत्यारालाई कारबाहीको माग गर्दै महिला कानून व्यवसायीद्वारा गृहमन्त्रीलाई ज्ञापन पत्र

नेपालखबर
फागुन ४, २०७७ मंगलबार ७:४६,

महिला कानून व्यवसायीहरुले भागरथी भट्ट घटनाको प्रभावकारी अनुसन्धान गरी अपराधीलाई कारबाही गर्न माग गर्दै गृहमन्त्री रामबहादुर थापासमक्ष ज्ञापनपत्र बुझाएका छन्।

 नेपाल बार एसोसिएसन महिला समितिका पदाधिकारीहरुले मंगलबार गृहमन्त्री थापालाई भेट गरी बैतडीको दोगडाकेदार–३ मा भागरथी भट्टलाई बलात्कार गरी हत्या गर्ने हत्यारामाथि अनुसन्धान गरी कानुनी कारबाहीको दायरामा ल्याई पीडित र उनका परिवारलाई न्याय दिलाउन माग गरेका हुन्।

नेपाल बार एसोसिएसनका उपाध्यक्ष एवं नेपाल बार एसोसिएसन महिला समितिका अध्यक्ष अधिवक्ता रक्षा बस्यालले भागरथीको सम्बन्धमा घटेको घटना लगायत देशव्यापी रुपमा भएका बलात्कारका घटनाहरुको सूक्ष्म अध्ययन गरी अपराधीलाई कानूनी कारबाही गर्न माग गरिएको बताइन्।

भेटमा गृहमन्त्री थापाले भागरथी घटनाको अनुसन्धान अपराधीको नजिक पुगेको र अपराधीहरु छिट्टै पक्राउ पर्ने विश्वास दिलाउन कोसिस गरिएको बताएका थिए।

महिला कानुन व्यवसायीहरुले निर्मला पन्तको घटनामा जस्तो कमजोर अनुसन्धान नगर्न समेत गृहमन्त्री थापासमक्ष माग गरेका छन्।

बालबालिका तथा महिलाहरुमाथि भइरहेको श्रृंखलावद्ध बलात्कारको घटना, बलात्कारपछिको हत्या र बलात्कारीलाई कानुनी कारबाहीभित्र ल्याउनुको सट्टा बलात्कारी र हत्यारा पत्ता लगाउनै नसक्नुले राज्यसंयन्त्र नागरिकको जीवन रक्षाको दायित्वप्रति लापर्बाही भएको पुष्टि भएको समेत महिला कानुन व्यवसायीहरुले बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad