राजनीति


प्रवक्ता शर्मा भन्छन्ः कांग्रेसलाई हेर्ने नेकपाको दृष्टिकोण देखेर दया लाग्यो

प्रवक्ता शर्मा भन्छन्ः कांग्रेसलाई हेर्ने नेकपाको दृष्टिकोण देखेर दया लाग्यो

नेपालखबर
साउन २३, २०७६ बिहिबार ११:४३,

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो पार्टीलाई हेर्ने सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दृष्टिकोण देखेर दया लागेको बताएको छ।

बिहीबार पार्टी केन्द्रीय मुख्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले नेकपाको प्रतिवेदनमा काग्रेसलाई हेर्ने दृष्किोणबारे उल्लेख कुरालाई लिएर यस्तो प्रतिक्रिया दिएका हुन्।

प्रवक्ता शर्माले जनआन्दोलनको सहयात्री दल कांग्रेसलाई नेकपाले हेर्नृे दृष्टिकोण दोषपूर्ण रहेको प्रतिक्रिया दिए। ‘कांग्रेसलाई हेर्ने नेकपाको प्रतिवेदनमा उल्लेखित विवरणबारे पार्टीको जारी बैठकबाट थप टिप्पणी आउने नै छ। अहिलेलाई केवल यति टिप्पणी त्यो दस्तावेजमा कांग्रेसबारे इमान्दार दृष्टि होइन बरु दृष्टिदोष प्रस्तुत छ,’ प्रवक्ता शर्माले भने, ‘दृष्टि उपर दृष्टिकोण व्यक्त गर्न मिल्छ दृष्टिदोष माथि केवल दया मात्र। म विनम्र ढंगले दया व्यक्त गर्न चाहन्छु।’

उनले कांग्रे्सले नेकपालाई मित्रशक्तिका रुपमा लिँदै आएको पनि प्रस्ट पारे। उनले कांग्रेसमाथि नेकपाले गरेको विश्लेषण वस्तुवादी समेत नभएको प्रतिक्रिया दिए।

कांग्रेस लोकतान्त्रिक मूल्य मान्यतामा खरोसँग उत्रिन नसकेको, भ्रष्टाचारविरुद्ध खडा हुन नसकेको, कयौं सन्दर्भमा भ्रष्टाचारमा संलग्नलाई संरक्षण नै दिने गरेको आरोप नेकपाले आफ्नो राजनीतिक प्रतिवेदनमा लगाएका छ।

प्रवक्ता शर्माले कांग्रेसको लाकतानित्रक मूल्य र मान्यतामाथि प्रश्न उठाउने काम नेकपाका लागि सुहाएँदो विषय नभएको बताए। पटक पटक सहयात्रा गरेर नेकपालाई लोकतान्त्रिक मार्गमा ल्याउन कांग्रेसले उल्लेख्य भूमिका खेलेको भन्दै उनले भने, ‘बल प्रयोग गरेर सत्ता कब्जा गर्ने, अधिनायकवादी शासन लादन् खोज्नेले कांग्रेसलाई लोकतान्त्रिक मूल्यमान्यातको पाठ नपढाए हुन्छ।’

प्रवक्ता शर्माले नेकपाको राजनीतिक प्रतिवदनमा कांग्रेसमाथि गरिएको टिप्पणीबारे कांग्रेसले बैठक नै बसेर आधिकारिक धारणा सार्वजनिक गर्ने जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .