समाज


शाकाहारी खानाले विश्व पर्यावरण सुधार गर्न सहयोग गर्छः राष्ट्रसंघ

शाकाहारी खानाले विश्व पर्यावरण सुधार गर्न सहयोग गर्छः राष्ट्रसंघ

नेपालखबर
साउन २३, २०७६ बिहिबार ११:४४,

संयुक्त राष्ट्रसंघको नयाँ प्रतिवेदनले शाकाहारी खानालाई प्राथमिकतामा राख्न अनुरोध गरेको हो।

यसको अर्थ मासुजन्य पदार्थ र डेरीका सामाग्री उपभोग गर्नै नहुने भन्ने नभएको राष्ट्रसंघको भनाइ रहेको छ।

विश्वमा रुखहरु काटिएका कारण पहिले हराभरा रहेको विश्व यतिबेला जलवायु परिवर्तन तथा तापक्रम बढ्ने समस्याले ग्रस्त छ।

विश्व हराभरा भए विश्वको पर्यावरणमा सुधार आउने वैज्ञानिकहरुको तर्क रहेको छ। जसमा मानिसहरुले बढीभन्दा बढी शाकाहारी खाना खाए मानिसहरले हरियो सागपात बढीभन्दा बढी रोप्ने उनीहरुको भनाइ रहेको छ।

Image result for crispy chicken

केही मानिसहरुले मासुको प्रयोगबाट थोरै जमिनको प्रयोगमा पनि धेरै मानिसलाई खाना पुग्ने तर्क गरिरहेका छन्। त्यसलाई पनि राष्ट्रसंघले नकारेको छैन।

तर राष्ट्रसंघका १ सय ७ वैज्ञानिकले तयार पारेको प्रतिवेदनमा जमीन बढी प्रयोग गरिनु पर्ने तर्क उल्लेख गरिएको छ।

जमीन बढी प्रयोग भए त्यसले मानिसले फ्याँक्ने कार्बोनलाई नियन्त्रण गर्न मद्दत पुग्ने जनाइएको छ।

जमीनमा धेरैभन्दा धेरै बोट विरुवा, रुख, फलफुल तथा सागपात रोपिनु पर्ने वैज्ञानिकहरुले बताएका छन्।

Image result for vegetable farms in usa

धेरै मानिसहरु शाकाहारी खानेकुरा तिर लागे यो संभव रहेको बताइएको छ।

स्वीजरल्यान्डको जेनेभास्थित राष्ट्रसंघको कार्यालयमा वैज्ञानिकहरुले यसबारे छलफल समेत गरेका छन्।

एबरडिन विश्वविद्यालय वेलायतका वैज्ञानिक तथा प्राध्यापक पेट स्मिथ भन्छन्,‘हामीले मानिसलाई मासु नखानुस भनेका होइनौं। कुनै स्थानमा यो बाहेक उपाय हुँदैन। तर पश्चिममा मासुको बढी नै प्रयोग भएको छ।’ एजेन्सी

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .