सेनाले बनाएको कानुनअनुसार सैन्य शासनविरद्ध प्रदर्शन गर्नेलाई २० वर्षको जेल सजाय दिइने बीबीसीले जनाएको छ।
गत फेब्रुअरी १ मा सेनाले लोकतन्त्रवादी नेत्री आङ साङ सुची, राष्ट्रपति विन मिन्टसहितका शीर्ष नेताहरुलाई नजरबन्दमा राखेर सैन्य कू गरेका थिए।
त्यसयता म्यान्मारमा दैनिक सेनाविरुद्ध प्रदर्शन भइरहेको छ। यसबीचमा सैन्य शासनविरुद्ध प्रदर्शन गर्नेलाई २० वर्षको जेल सजाय तोकिएको हो।
हाल प्रदर्शनलाई मत्थर पार्न म्यान्मारको सडकमा बख्तरबन्द गाडीहरु सहित सेनाहरु खटाइएका छन्। त्यहाँ इन्टरनेट पनि बन्द गरिएको छ।
प्रतिक्रिया