ad ad

राजनीति


बेलायतले बोलायो जी–७ बैठक, विश्वमा कोरोना खोपको समान वितरणबारे छलफल हुने

बेलायतले बोलायो जी–७ बैठक, विश्वमा कोरोना खोपको समान वितरणबारे छलफल हुने

नेपालखबर
फागुन २, २०७७ आइतबार ६:१०,

भिडियो कन्फ्रेन्समार्फत जी–७ देशका नेताबीच छलफल हुने बीबीसीले जनाएको छ।

यसैहप्ताको शुक्रबार बोलाइएको बैठकमा विश्वमा कोरोना भाइरसविरुद्धको खोपको समान वितरणबारे छलफल हुने बताइएको छ।

यस्तै यस बैठकमा भविष्यमा आइपर्ने कोरोनाजस्तै घातक महामारीलाई कसरी रोक्न सकिन्छ भन्ने पछि छलफल हुनेछ।

बेलायती प्रधानमन्त्रीको कार्यालय डाउनिङ स्ट्रिटका अनुसार यस बैठक अमेरिकाका नयाँ राष्ट्रपति जो बाइडेनको पहिलो बहुपक्षीय बैठक हुनेछ।

जी–७ सात विकसित देश अमेरिका, बेलायत, क्यानडा, जापान, फ्रान्स, जर्मनी र इटालीको संगठन हो।

‘हरेक देशलाई कोरोना खोप पुर्याउनुपर्ने हामीसँग चुनौती छ। महामारीले गरेको नोक्सानबाट उठ्ने सही उपाय हाम्रो साझेदारहरुसँग छ’ जोन्सनले शनिबार भनेका छन्,‘हामी त्यस्ता राष्ट्रवादी र विभाजनकारी राजनीतिलाई अन्त्य गर्ने विषयमा चर्चा गर्नेछौं जसले सुरुवातमा कोरोनाविरुद्धको लडाइँलाई कमजोर बनाएको थियो।

विश्व स्वास्थ संगठनले धनी राष्ट्रलाई पहिलो नीतिले गरिब र कमजोर मूलुक कोरोनाको जोखिममा रहेको बताएको थियो।

यसबीचमा जी–७ राष्ट्रबीच खोपको समान वितरणबारे छलफल गर्न लागेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .