प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीलाई रोमका सम्राट निरोसँग तुलना गरेका छन्।
शनिबार धनकुटामा आयोजित विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले रोम शहर जलिरहँदा सम्राट निरोले बाँसुरी बजाएर बसेजस्तै नेपाली देश रोइरहेका बेला प्रधानमन्त्री भने बाँसुरी बझाइरहेको बताए।

‘रोमको सम्राट निरो सिंगो राजधानी जलिरहेको छ, मान्छेहरु पुर्पुरोमा हात राखिरहेका छन्, उसलाई त मतलब नै छैन। आनन्दले उपरखुट्टी लगाएर बाँसुरी बजाएर बसिरहथ्यो’, उनले भने, ‘आज केपी ओली सिंगो देश रोइरहँदा, पार्टीहरुदेखि नागरिक अगुवासम्म सडकमा हुँदा बाँसुरी बजाएर बसीसहेका छन्।’
उनले ओलीको प्रतिगामी कदमविरुद्ध सिंगो देश एकतर्फ हुँदा ओलीका भजनमण्डली भने ‘केपी बा’ भनेर रमाइरहेको आरेप लगाए। उनले ओलीलाई देश, समाज, गरिब, मजदुर किसान, वेरोजगार युवा, लोकतन्त्र आदिको चिन्ता नभएको बताउँदै आफ्नै स्वार्थमा रमाइरहेको आराेप लगाए।

उनले आफूले काम नगरे पनि पार्टीले काम गर्न दिएन भनेर भ्रम फैलाउँदै हिँडेको बताए।
‘आफूले काम नगर्ने, पार्टीले काम गर्न दिएन भनेर गीत गाउँदै हिँडिरहेका छन्’, उनले भने, ‘पार्टीले त नराम्रो काम नगर्नु राम्रा् काम गर्नु भनेको हो। भ्रष्टाचार नगर्नु, भ्रष्टाचारीलाई दण्डित गर्नुे, बलात्कृतलाई कडा भन्दा कडा कारबाही गर्नु पो भनेको हो।’

प्रतिक्रिया