समाज


हरियाणा: जो आफूसँग बिहे गर्न नमान्ने युवतीसहित ५ जना मारेर फरार भए, सूचना दिनेलाई लाख इनाम

हरियाणा: जो आफूसँग बिहे गर्न नमान्ने युवतीसहित ५ जना मारेर फरार भए, सूचना दिनेलाई लाख इनाम

नेपालखबर
फागुन १, २०७७ शनिबार ११:४७,

भारतको हरियाणास्थित रोहतकमा गोली हानेर ५ जनाको हत्या गरी फरार सुखविन्दर सिंहलाई प्रहरीले मोस्ट वान्टेडको सूचीमा राखेको छ।

पाँच राज्यका प्रहरी अहिले उनको खोजीमा लागेका छन्। हरियाणका डीजीपी मनोज यादवले आरोपित सुखविन्दरबारे जानकारी दिनेलाई एक लाख पुरस्कार दिने घोषणा गरेका छन्।

अभियुक्तलाई पक्राउ गर्न हरियाणा प्रहरीले दिल्ली, उत्तरप्रदेश पन्जाब र राजस्थानका प्रहरीसँग सम्पर्क/समन्वय गरिरहेको छ।

डीजीपीले सुखविनदर पक्राउका लागि आम नागरिकसँग सहयोगको अपिल गरेका छन्। उनले भनेका छन्, ‘आरोपितबारे जानकारी दिनेलाई एक लाख नगदसहित थप पुरस्कार दिनेछौं।’

भारतीय सञ्चारमाध्यमका अनुसार प्रहरीको प्रारम्भिक अनुसन्धानले आरोपित सुखविन्दरको गतिविधि पहिलेदेखि ठीक नरहेको पत्ता लगाएको छ।

जसले गर्दा उनलाई उनका बुबा मेहर सिंहले घरनिकाला गरेका थिए भने पत्नीले पनि छाडेकी थिइन्। आरोपित पहिले मेहर सिंह कुस्ती केन्द्रका प्रशिक्षक थिए। त्यसपछि उनी जाट कलेज कुस्ती केन्द्रमा प्रशिक्षण दिन थाले। त्यहाँ पनि उनको चालचलन ठीक भएन। जसले गर्दा उनलाई त्यहाँबाट पनि हटाउने कुरा भइरहेको थियो।

यसै क्रममा रोहतकस्थित जाट कलेज कुस्ती केन्द्रमा कुस्ती प्रशिक्षक सुखविन्दरले शुक्रबार राति अन्धाधुन्ध गोली हान्दा तीन कुस्ती प्रशिक्षक र एक महिला पहलमानसहित ५ जना मारिए। गोली लागेर ३ वर्षका बच्चासहित एक जना कुस्ती प्रशिक्षक गम्भीर घाइते भएका छन्।

वास्तवमा जाट कलेज कुस्ती केन्द्रमा आउने महिला खेलाडी पूजाका परिवारजनले प्रशिक्षक मनोज, जो मारिए, सँग सुखविन्दरका विषयमा गुनासो गरेका थिए। मनोजका भाइ प्रमोजका अनुसार ५ दिन पहिले पूजाले आफ्नो परिवारसँग सुखविन्दरले आफूलाई ऊसँग विवाह गर्न दबाब दिइरहेको गुनासो गरेकी थिइन्। यही दुश्मनीमा सुखविन्दरले ५ जनाको हत्या गरेका हुन्। 

यसअघि :  भारतको कुस्ती केन्द्रमा गोली हानाहान, ५ मृत्यु, धेरै जना घाइते

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad