राजनीति


दुनियाँको कुनै पनि तागतले वैशाखको चुनाव रोक्न सक्दैन : महासचिव पौडेल

दुनियाँको कुनै पनि तागतले वैशाखको चुनाव रोक्न सक्दैन : महासचिव पौडेल

नेपालखबर
फागुन १, २०७७ शनिबार १०:८,

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपामा महसचिव एवं अर्थमन्त्री विष्णु पौडेलले वैशाखमा हुन लागेको चुनाव दुनियाँको कुनै पनि तागतले रोक्न नसक्ने बताएका छन्।

शनिबार बुटवलमा आयोजित आमसभालाई सम्बोधन गर्दै महासचिव पौडेलले वैशाखमा चुनाव हुँदैन भन्ने भ्रमको पछि नलाग्न आग्रह गरे। उनले प्रचण्ड–नेपाल समूहतर्फ संकेत गर्दै चुनाव हुँदैन भन्ने भ्रम फैलाईरहेको आरोप लगाए।

‘केही-केही तत्वहरुले भ्रम सिर्जना गर्ने कोशिस गरिरहेका छन्, वैशाखमा चुनाव हुँदैन भनेर। चुनाव हुँदैन भने के हुन्छ?’ उनले प्रश्न गरे।

उनले चुनाव वैशाखको १७ र २७ गते नै हुने दावी गर्दै कुनै पनि तागतले रोक्न नसक्ने बताए।

‘म बताउन चाहन्छु, वैशाकको १७ र २७ गते चुनाव हुन्छ, दुनियाँको कुनै पनि तागतले चुनावलाई रोक्न सक्दैन’, उनले भने, ‘तपाईंहरु जनसभाबाट फर्किएपछि चुनावको तयारीमा लाग्नुहोस्।’

उनले हिजो हारेका क्षेत्रमा पनि जित्ने गरी चुनावको तयारीमा लाग्न नेता–कार्यकर्तालाई निर्देशन समेत दिए। उनले आगामी चुनावमा आफ्नो पार्टीले बहुमत ल्याउने समेत दावी गरे।

उनले पार्टीको नाम र चुनाव चिन्ह पनि आफूहरुकै हुने दावी गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad