राजनीति


प्रतिनिधि सभा विघटनको विरोधमा एक ठाउँमा आउन लोकतन्त्रवादीहरुलाई डा. केसीको आग्रह

प्रतिनिधि सभा विघटनको विरोधमा एक ठाउँमा आउन लोकतन्त्रवादीहरुलाई डा. केसीको आग्रह

नेपालखबर
माघ ३०, २०७७ शुक्रबार ७:५२,

सामाजिक अभियन्ता डा. गोविन्द केसीले प्रतिनिधि सभा विघटनको विरोधमा प्रजातन्त्र र लोकतन्त्रवादीहरु एकठाउँमा आउनुपर्ने बताएका छन्।

शुक्रबार माइतीघर मण्डलामा गरिएको नागरिक खबरदारी कार्यक्रममा बोल्दै डा. केसीले प्रतिनिधिसभा विघटनको विरोध गर्नु प्रजातन्त्रवादीको परम कर्तव्य रहेको बताए।

उनले जनताले रगत र पसिना बगाएर ल्याएको प्रजातन्त्रको मूल मर्म स्वतन्त्रता र नागरिक अधिकार भए पनि सरकारले त्यसलाई खोसेको बताए। उनले आफ्नो घृणित स्वार्थका लागि प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरी संविधान र प्रजातन्त्रको हत्या गरेको आरोप लगाए।

‘आफ्नो घृणित स्वार्थपूर्तिका लागि प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेर संविधान र प्रजातन्त्रको हत्या गरेका छन्’, डा. केसीले भने, ‘यसको विरोधमा प्रजातन्त्र र लोकतन्त्रवादीहरु एक ठाउँमा आउनुपर्छ।’

प्रजातान्त्रिक विचार समाजका अध्यक्ष केदारनरसिंह केसीले सरकारको असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावादी कदमविरुद्ध सबै बुद्धिजीवीहरु एकै ठाउँमा आउनुपर्ने बताए। उनले सडक र सदन दुवैमा अराजकतावादी रहेका र तिनले लोकतन्त्रलाई नष्ट गर्न खोजेको आरोप लगाए। उनले लोकतन्त्र र प्रजातन्त्रको रक्षाको लागि सम्पूर्ण लोकतन्त्रवादीहरुलाई एकजुट भएर अघि बढ्न आग्रह गरे।

‘विधिको शासन कायम गर, मानव अधिकारको रक्षा गर’, ‘हत्या, हिंसा बन्द गर’, ‘प्रेस स्वतन्त्रता सुनिश्चित गर’, ‘प्राज्ञिक स्वतन्त्रता कायम गर’ लगायत नारा लेखिएको प्लेकार्डसहित उपस्थित नागरिक समुहका अगुवाहरुले संसद विघटनको कदमको विरोध गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad