राजनीति


सीले बाइडेनलाई भनेः चीन र अमेरिकी टकरावले ठूलो दुर्घटना निम्तिनेछ

सीले बाइडेनलाई भनेः चीन र अमेरिकी टकरावले ठूलो दुर्घटना निम्तिनेछ

नेपालखबर
माघ २९, २०७७ बिहिबार ९:१८,

चीनको विदेशमन्त्रालयका अनुसार लुनार नयाँ वर्षको पूर्वसन्ध्यामा बाइडेन र सीबीच कुराकानी भएको हो।

एससीएमपीका अनुसार बिहीबार सीले टेलिफोन कुराकानीमा अमेरिका र चीनबीचको टकरावले ठूलो दुर्घटना निम्तिने बताएका छन्।

यस टेलिफोनवार्तालाई अमेरिका र चीनबीच चारवर्ष बिग्रिएको सम्बन्धलाई सुमधुर बनाउने प्रयासको रुपमा हेरिएको छ। ट्रम्प प्रशासनका बेला अमेरिका र चीनको सम्बन्ध निकै चिसिएको थियो।

चीनको विदेशमन्त्रालयका अनुसार बाइडेनले व्यापार, मावअधिकार तथा इन्डो–प्यासिफिकको विषयमा जोड दिएका थिए।

उत्तरमा सीले ताइवान, हङकङ र सिनजियाङको विषय आन्तरिक मामिला भएको प्रस्ट पारेका थिए।

चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार सीले बाइडेनसँग भनेका छन्,‘सहकार्य मात्र दुई देशको उत्तम छनौट हुनेछ। सहकार्य र आपसी सद्भावले दुई देश र विश्वलाई ठूला चीजहरू सम्पन्न गर्न मद्दत पुर्‍याउँछ, जबकि द्वन्द्व निश्चय नै विपत्ति हो।’

चीन र अमेरिकी विदेशमन्त्रालयको विज्ञप्तीमा दुई देशबीचको वार्ता पुनः सुचारु हुने विषय उल्लेख गरिएको छ।

यो पनिः राष्ट्रपति बनेपछि पहिलोपटक चिनियाँ समकक्षीसँग कुरा गरे बाइडेनले, चिन्ता प्रकट गरे

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad