राजनीति


रामकुमारी झाँक्री निवासबाटै पक्राउ, आरोपः ‘राज्यविरुद्धको कसुर’

रामकुमारी झाँक्री निवासबाटै पक्राउ, आरोपः ‘राज्यविरुद्धको कसुर’

नेपालखबर
माघ २९, २०७७ बिहिबार ६:१०,

प्रचण्ड–नेपाल नेतृत्वको नेकपाकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ।

विघटित प्रतिनिधि सभाकी सांसद झाँक्रीलाई बिहीबार शंखमूलस्थित उनको निवासबाटै पक्राउ गरेको हो।

RamKumariJhakri arrest 5

झाँक्रीलाई राज्यविरुद्धको कसुर मुद्दामा दफा ५८ अनुसार पक्राउ पुर्जी थमाइएको प्रहरीले जनाएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि झाँक्रीले उक्त विघटनलाई तत्काल अनुमोदन गर्ने राष्ट्रपति र सो कदमको समर्थन गर्नेप्रति कडा आलोचना गर्दै आएकी छन्।

RamKumariJhakri arrest 6

उनले केही दिन पहिले गोरखामा आयोजित एक कार्यक्रममा बोल्ने क्रममा राष्ट्रपतिलाई सो पद र राष्ट्रकै सर्वोच्च संस्थाको गरिमा कायम राख्न आग्रह गरेकी थिइन्।

झाँक्रीले सो भाषणमा प्रयोग गरिएको भाषाप्रति भने राष्ट्रपति र प्रधानमन्त्रीनिकटहरुले आपत्ति जनाउँदै आएका थिए।

RamKumariJhakri arrest 4

यो पनि:

रामकुमारी झाँक्रीलाई पक्राउका लागि निवास परिसरभित्रै छिर्‍यो प्रहरी

- रामकुमारीलाई पक्राउ गर्न प्रहरी पुगेपछि निवासबाहिर नारावाजी (भिडिओ)

रामकुमारीलाई पक्राउ गर्न प्रहरी पुगेपछि निवासबाहिर देखिएको दृश्य (तस्बिरहरु)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad