सुन र चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ४ सय रुपैयाँले र चाँदी प्रतितोला २५ रुपैयाँले सस्तो भएको हो।
बुधबार छापावाल सुन ९१ हजार ९ सय रुपैयाँ प्रतितोला कारोबार भएकोमा आज ९१ हजार ५ सयमा झरेको छ। त्यस्तै तेजाबी सुन पनि आज सोही दरमा घटेर ९१ हजार रुपैयाँ प्रतितोला कारोबार भएको छ।
चाँदीको भाउ पनि आज २५ रुपैयाँ सस्तो भएर प्रतितोला १३ सय १५ रुपैयाँमा झरेको छ।
अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस १८ सय ३६ दशमलव ९६ अमेरिकी डलरमा कारोबार भएको छ।
माघ लागेयता छापावाल सुनको मूल्य ९३ हजार १ सय उच्च र ९० हजार न्यून मूल्यमा कारोबार भएको छ।
त्यस्तै तेजाबी सुनको ९२ हजार ६ सय उच्च र ८९ हजार ५ सय ५० रुपैयाँ न्यूनतम मूल्यमा कारोबार भएको छ।
चाँदी भने उच्चतम १४ सय र न्यूनतम १२ सय ३० रुपैयाँमा कारोबार भएको छ।
Shares

प्रतिक्रिया