राजनीति


अख्तियारले मनायो ३०औं स्थापना दिवस

अख्तियारले मनायो ३०औं स्थापना दिवस

नेपालखबर
माघ २८, २०७७ बुधबार १२:२४,

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३० औं स्थापना दिवस मनाएको छ। त्यस अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रष्टाचार नियन्त्रण गरी राज्यलाई समृद्धिको दिशामा अघि बढाउने तथा सुशासन प्रवर्द्धनमा सहयोग पुर्‍याउने गरी स्थापित आयोगले आफ्नो स्थापनाकालदेखि हालसम्म निर्वाह गर्दै आएको भूमिकाले सार्वजनिक उत्तरदायित्व, सुशासन र समृद्धि तथा सेवाप्रवाहमा सकारात्मक प्रभाव पारेको कुरा व्यक्त गरिन्।

राष्ट्रपति भण्डारीले भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवर्द्धन तथा आर्थिक समृद्धि मार्फत राज्यको पहिचानलाई अन्तरार्ष्ट्रिय क्षेत्र र समुदायसम्म पुर्‍याउने कार्यमा राजनीति, प्रशासन र आम नागरिकहरु सबैको उत्तिकै र समान भूमिका रहने तथा यस कार्यमा आयोगलाई सबैले सहयोग गर्नु पर्ने कुरा समेत व्यक्त गरिन्।

साथै भ्रष्टाचार र अख्तियारको दुरुपयोग विरुद्ध परेका उजुरीको छानविन र अभियोजनमा आयोगले विगतमा झैं निष्पक्षता, तटस्थता र निर्भिकतालाई मूलमन्त्र मानी कार्य गर्नेछ र राज्यलाई सुशासन र समृद्धिको मार्गमा सफलतापूर्वक अघि बढ्न महत्वपूर्ण योगदान दिनेछ भन्दै आयोगलाई आगामी दिनमा अझ सशक्त रुपमा अगाडी बढ्न शुभकामना समेत व्यक्त गरिन्।

समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को आकांक्षा पूरा गराउन लोकतान्त्रिक, सभ्य, सुशासनयुक्त र सामाजिक न्यायसहितको समाज निर्माण गर्न आवश्यक रहेको र यसका लागि राज्यका सबै निकायहरू उत्तिकै जिम्मेवार भई अगाडी बढ्नुपर्ने कुरा उल्लेख गरे।

‘भ्रष्टाचार साझा शत्रु’ भन्दै यसप्रति राज्यले शून्य सहनशीलताको नीति अवलम्वन गरेको, यो ‘लिप सर्भिस’ मात्र नभई व्यवहारमा उतार गर्नुपर्ने र यसका लागि प्रत्येक व्यक्ति भ्रष्टाचारजन्य प्रवृतिवाट मुक्त हुनुपर्ने कुरा बताए। भ्रष्टाचार गरी कार्वाही गर्नु भन्दा भ्रष्टाचार नै हुन नदिन तथा आयोगले दायर गर्ने मुद्दामा निर्भिक, निडर र निष्पक्ष छानविन, अनुसन्धान र तहकिकात गरी असफल नहुने गरी कार्य गर्नुपर्ने कुरामा जोड दिए।

कार्यक्रममा आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले आयोगका विगतका सफलता कार्यहरू उल्लेख गर्दै आयोगको सुझाव र निर्देशन पालना गर्दै सार्वजनिक सेवा प्रवाह गर्ने अग्रभागका कार्यालयहरुमा अनलाईन सेवाको शुरुवात भई सेवाग्राही सहजीकरणका पद्दतिको अनुशरण हुन थालेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad