ad ad

राजनीति


भागरथी हत्या प्रकरण : पाँच दिनदेखि शव अस्पतालमै, दोषी पहिचान नभएसम्म नबुझ्ने परिवारको अडान

भागरथी हत्या प्रकरण : पाँच दिनदेखि शव अस्पतालमै, दोषी पहिचान नभएसम्म नबुझ्ने परिवारको अडान

गोकुल जोशी
माघ २७, २०७७ मंगलबार १२:१३,

बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७, कतोलाकी १७ वर्षीया किशोरी भागरथी भट्टको शव बुझ्न परिवारले अस्वीकार गरेको छ।

घटनाको सत्यतथ्य छानविन गरी अपराधीलाई कानुनी दायरामा नल्याउँदासम्म शव नबुझ्ने भट्ट परिवारले अडान लिएका कारण पाँच दिनदेखि शव अस्पतालमै रहेको हो।

‘घटनाको छानविन गरेर दोषी पहिचान नहुञ्जेलसम्म शव बुझ्दैनौँ। घटना भएको ६ दिन बितिसक्दा पनि प्रहरीले हत्यारा हत्यारा पत्ता लगाउन सकेको छैन’, मृतक भागरथीका आफन्त महादेव भट्टले नेपालखबरसँग भने, ‘हाम्रो माग भनेको निष्पक्ष छानविन गरे दोषी पत्ता लगाउने र उनलाई कडा भन्दा कारबाही कारबाही गर्नुपर्छ भन्ने हो। भागरथीको न्यायकै लागि हामीले शव नबुझेका हौं।’

परिवारले शव बुझ्न नमान्दा अहिले जिल्ला अस्पतालको शवगृहमै राखिएको छ। पोस्टमार्टमका लागि घटनास्थलबाट शव अस्पताल ल्याइएको थियो।

माघ २१ बुधबार बुधबार विद्यालयबाट फर्कने क्रममा सम्पर्कविहीन भएकी भागरथीको बिहीबार साँझ हत्या गरी फालिएको अवस्थामा घर नजिकैको लबलेक सामुदायिक वनमा शव भेटिएको थियो।

सोमबार आएको पोस्टमार्टममा अनुसार भट्टको बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको पुष्टि भएको थियो। प्रहरीका अनुसार मृतक किशोरीकोे टाउको र हातमा तथा यौनाङ्गमा पनि गहिरो चोट लागेको देखिएको छ।

दबाब दिन चरणबद्ध आन्दोलन
भट्टको हत्या भएको खबरपछि अपराधी पत्ता लगाउन दबाब दिन सुदूरपश्चिका विभिन्न ठाउँमा दिनहुँ प्रदर्शन भइरहेका छन्। बैतडीमा स्थानीयले संघर्ष समिति गठन गरेर अपराधीलाई कारबाहीको माग गर्दै चरणबद्ध आन्दोलनमा होमिएका छन्।

समितिले दोगडाकेदार गाउँपालिकामा आइतबारदेखि तीनदिने शैक्षिक हडतालको घोषणा समेत गरेको थियो। संघर्ष समितिका अनुसार माघ २८ गते दोगडाकेदार गाउँपालिका घेराउ गर्ने र माघ २९ गते आमहडताल गर्ने घोषणा कार्यक्रम छ।

कञ्चनपुर, कैलाली, डडेल्धुरा, अछामलगायतका जिल्लामा भागरथीका लागि न्यायको माग गर्दै विद्यार्थीहरु सडकमा उत्रिएका छन्।

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको घटनाजस्तो लापरबाही नगरी अपराधीलाई कानुनी दायरामा ल्याउनु पर्ने माग गर्दै स्थानीय सर्वसाधरण, राजनीतिक दलका नेता कार्यकर्ता, महिला अधिकारकर्मी, मानवअधिकारकर्मी लगायतले प्रहरी प्रशासनलाई घचघच्याइरहेका छन्।

पन्तको बलात्कारपछि हत्या भएको घटनाबाट पाठ सिकेको प्रहरीले भागरथी प्रकरणमा संवेदनशीलता देखाएको छ। घटनाको अनुसन्धानमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी जनकराज पाण्डेय र जिल्ला प्रहरी कार्यालयका डीएसपी नारायण अधिकारीको छुट्टाछुट्टै टोली सक्रिय छ। सुदूरपश्चिम प्रहरीका प्रमुख डीआईजी उत्तमराज सुवेदी पनि घटनास्थलको अध्ययनका लागि बैतडीमै छन्।

सम्बन्धित समाचार

निर्मलाको जस्तै भागरथीको पनि बलात्कारपछि घाँटी थिचेर हत्या

निर्मला हत्या सम्झाउने बैतडीको घटना, त्यो बाटै हिँड्न डराउँछन् महिला

युवती हत्या प्रकरणः एसएसपीको कमान्डमा अनुसन्धान टोली, मोबाइल विश्लेषण गर्दैै प्रहरी

भागरथीको लागि न्याय माग्दै ठाउँ-ठाउँमा प्रदर्शन

पढ्न गएकी युवती जंगलमा मृत भेटिइन्, बलात्कारपछि हत्या गरिएको आशंका

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .