प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिट निवेदनमा सर्वोच्चमा जारी बहस भोलि मंगलबार नहुने भएको छ।
पूर्वन्यायाधीश इन्द्रराज पाण्डेको मृत्यु भएका कारण एक दिन सुनुवाइ रोकिने भएको हो। भोलि सर्वोच्चमा अरु पनि कुनै इजलास बस्ने छैनन्।
आज सोमबारको इजलासमै प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले पूर्वन्यायाधीशको आज सोमबार मृत्यु भएको हुँदा उनीप्रति श्रद्धाञ्जलिस्वरुप भोलि इजलास नबस्ने भएको जानकारी गराएका थिए। इजलास अब बुधबार बस्नेछ।
प्रधानमन्त्री केपी ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि त्यसविरुद्ध परेको रिटमा सर्वोच्च अदालतको संवैधानिक बेन्चमा जारी सुनुवाइ एकदिनका लागि रोकिने भएको हो।
अदालतले संसद विघटन गर्ने प्रधानमन्त्रीको कदमलाई सदर गर्छ वा प्रतिनिधि सभा पुनर्स्थापना गर्छ भन्ने चासो सर्वत्र भइरहेको हुँदा सर्वोच्चले सो विषयलाई छिटो टुंग्याइने योजनासहित नियमित सुनुवाइ गरिरहेको जनाएको छ।
Shares

प्रतिक्रिया