चिनियाँ संचार माध्यम ग्लोबल टाइम्सका प्रमुख हु सिजिनले सो विषयको जानकारी दिएका हुन्।
ग्लोबल टाइम्स पत्रिका चीन सरकारको मुखपत्र हो।
टाइम्सका प्रमुख हुले भनेका छन्,‘चीनले आयोजना गर्ने शीतकालिन ओलम्पिक्स बहिष्कार गर्ने कार्य अलोकप्रिय विचार हो जसलाई धेरैले असमर्थन गर्नेछन्।’
‘अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी तथा एथ्लेट्सहरुले उक्त कार्यको विरोध जनाउनेछन् र चीनले खेल बहिष्कार गर्ने देशलाई प्रतिबन्ध लगाउनेछ’ उनले ट्विटमा भनेका छन्।
हालै बेलायतमा चीनले आयोजना गर्ने शीतकालिन ओलम्पिक बहिष्कार गरिनुपर्ने आवाज उठेको थियोभने गतहप्ता मात्र क्यानडाका सांसदले ओलम्पिक बहिष्कार गर्न हस्ताक्षर संकलन गरेका थिए।
Boycotting 2022 Beijing Winter Games, an unpopular idea, won’t receive wide support. IOC and athletes will both oppose it, and China will seriously sanction any country that follows such a call. pic.twitter.com/3cOSb2wMdS
— Hu Xijin 胡锡进 (@HuXijin_GT) February 7, 2021यस्तै विश्वका १८० भन्दा बढी अधिकारवादी संस्थाले पनि चीनको शीतकालिन ओलम्पिक्स खेल बहिष्कार गरिनुपर्ने बताएका छन्।
चीनले सिनजियाङ प्रान्तका अल्पसंख्यक उइगर मुस्लिमविरुद्ध दमन गरेको र उनीहरुको श्रम शोषण गरेकोभन्ने प्रतिवेदन सार्वजनिक भएपछि चीनले मानवअधिकार उल्लंघन गरेको भन्दै विश्वभरबाट विरोध भइरहेको छ।
यसबीचमा चीनको ओलम्पिकलाई बहिष्कार गरिनुपर्ने आवाज उठेको हो। एससीएमपी
Shares

प्रतिक्रिया