राजनीति


अधिवक्ता बडालले भने : प्रधानमन्त्रीकै दलका सांसदले अविश्वासको प्रस्ताव दर्ता गर्न मिल्दैन

अधिवक्ता बडालले भने : प्रधानमन्त्रीकै दलका सांसदले अविश्वासको प्रस्ताव दर्ता गर्न मिल्दैन

नेपालखबर
माघ २५, २०७७ आइतबार १०:३६,

प्रधानमन्त्री केपी शर्मा ओली पक्षका कानुन व्यवसायीले सत्तारुढ नेकपाकै सांसदले प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्तव दर्ता गर्न नपाउने बताएका छन्।

प्रतिनिधि सभा विघटनको पक्षमा प्रधानमन्त्रीका तर्फबाट संवैधानिक इजलासमा बहस गर्ने क्रममा अधिवक्ता रमेश बडालले प्रधानमन्त्रीकै दलका सांसदले अविश्वासको प्रस्ताव दर्ता गर्न नमिल्ने बताएका हुन्।

सत्तारुढ नेकपा आधिकारिक रुपमा विभाजन भइनसकेकाले अहिलेको व्यवस्थाअनुसार दलभित्रैबाट अविश्वासको प्रस्ताव दर्ता गर्न नमिल्ने बढालको तर्क थियो।

यस्तै उनले नेकपा आधिकारिक रुपमा विभाजन नभएसम्म प्रधानमन्त्री केपी ओलीले विश्वासको मत पनि लिइरहन नपर्ने दाबी गरे।

उनले संसदमा दर्ता भएको अविश्वासको प्रस्तावको वैधानिकतासमेत नरहेको बताएका छन्।

बडालको बहससँगै आइतबारका लागि बहस टुँगिएको छ। प्रधानमन्त्रीका कानुन व्यवसायीले सोमबार पनि निरन्तर बहस गर्नेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad